दफा
समितिको गठन

(१) विशेष आर्थिक क्षेत्रको सञ्चालन र व्यवस्थापन गर्न विशेष आर्थिक क्षेत्र विकास समिति नामको एउटा समिति रहनेछ ।
(२) समितिको गठन देहायबमोजिम हुनेछ ः–
(क) सचिव, उद्योग मन्त्रालय – अध्यक्ष
(ख) सहसचिव, अर्थ मन्त्रालय – सदस्य
(ग) सहसचिव, ऊर्जा मन्त्रालय – सदस्य
(घ) सहसचिव, गृह मन्त्रालय – सदस्य
(ङ) सहसचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य
(च) सहसचिव, श्रम तथा रोजगार मन्त्रालय – सदस्य
(छ) सहसचिव, लगानी बोर्ड – सदस्य
(ज) नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष वा निजले तोकेको महासंघको सदस्य – सदस्य
(झ) उद्योग, वाणिज्य, व्यापार, राजस्व प्रशासन, कानुन, इञ्जिनियरीङ्ग वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सोही क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त व्यक्तिहरूमध्येबाट मन्त्रालयले तोकेको कम्तीमा एकजना महिला सहित दुई जना – सदस्य
(ञ) कार्यकारी निर्देशक – सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (झ) बमोजिमको सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो पद अनुरूप काम नगरेमा मन्त्रालयले उपदफा (२) को खण्ड (झ) बमोजिमको सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ । तर त्यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने
छैन ।